एनआरएनए साउदीमा नयाँ नेतृत्व चयन

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

New leadership selection at NRNA Saudi

काठमाडौँ — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदी अरबको दसौं महाधिवेशनले उमेश भट्टराईको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष हेम सुवेदी, उपाध्यक्षत्रय क्रमशः राजकुमार गिरी, मनिष कोइराला, अर्जुन थापा र विष्णुप्रसाद भण्डारीलाई चयन गरेको छ । 

महासचिव शुक्र लामा, सचिव ध्रुवराज कटुवाल, कोषाध्यक्ष योगेन्द्रबहादुर श्रेष्ठ, सहकोषाध्यक्ष संयोग पाण्डे, युवा संयोजक पदम महत, महिला संयोजकमा लक्ष्मी थापामगर चयन भएका छन् । यस्तै सदस्यहरूमा खिलेन्द्रराज कन्दङ्वा, पूर्णबहादुर सुनार, भिम कार्की, युवराज पोख्रेल, महेश घिमिरे, रमेशसिंह खत्री र हरिप्रसाद विष्ट चुनिएका छन् ।

महाधिवेशनले साउदीबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मा प्रतिनिधित्व गर्ने सदस्यमा तीन जनालाई चयन गरेको छ । जसमा रविना अर्याल, अमृतबहादुर तामाङ र रामबहादुर लामा रहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully