अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छ : शेष घले

महाधिवेशन बिथोल्ने काम नगर्न आग्रह

वैशाख १०, २०८२

न्युज एजेन्सी नेपाल

According to the order of the court, the convention will be held at the appointed time: Remainder

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष डा. शेष घलेले पूर्वनिर्धारित कार्य तालिकाअनुसार नै महाधिवेशन हुने बताएका छन्।

वैशाख २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी उनले दिएका हुन्। संयोजक घलेका अनुसार सर्वोच्च अदालतको आदेश, फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन र तालुक मन्त्रालय परराष्ट्रको समन्वयमा तय भएको मितिमा नै एकताको महाधिवेशन सम्पन्न हुनेछ।

 घलेले सर्वोच्चको आदेशअनुसार छ महिनाभित्र एकता महाधिवेशन गर्न आफू नेतृत्वको समितिले जिम्मेवारीपूर्वक काम गरेको र तयारी अन्तिम चरणमा पुर्‍याएको बताएका छन्। विश्वका विभिन्न मुलुकबाट प्रतिनिधिहरू काठमाडौँ आउन थालेको जानकारी पनि उनले दिएका छन्।

उनले सर्वोच्च अदालतको आदेश पालना गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै पुनः मिति परिवर्तन गर्नु 'रुल अफ ल' विपरीत हुने भएकाले त्यो सम्भव नभएको स्पष्ट पारेका छन्।

वर्तमान एनआरएनएलाई पुनः ब्रान्डिङसहित नयाँ स्वरूपमा निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गर्दै उनले नयाँ र सुधारिएको एनआरएनए बनाउने अभियानमा आफूहरू क्रियाशील रहेको बताएका छन्।

कानुनको सर्वोच्चता पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौँमा भेला भई संघको एकता महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न सबै गैरआवासीय नेपालीलाई उनले आग्रह गरेका छन्।गरेका छन्।

न्युज

Link copied successfully