'हिमालयन आउटरिच इन्टरनेशनल'को मेलबर्न सम्मेलनमा नवप्रवर्तन र दिगो विकासलाई जोड

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Emphasis on innovation and sustainable development at the Melbourne conference of 'Himalayan Outreach International'

अस्ट्रेलिया — नवप्रवर्तन र दिगो विकासलाई केन्द्रमा राख्दै मेलबर्न शिखर सम्मेलन-२०२५ सम्पन्न भएको छ । 'हिमालयन आउटरिच इन्टरनेशनल' अन्तर्राष्ट्रिय अस्ट्रेलियाको आयोजनामा मेलबर्नको एस्कट भेलमा नेपाल, अस्ट्रेलिया तथा अमेरिकाका सांसद, मेयरलगायतका जनप्रतिनिधि, उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थितिमा कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै हिमालयन आउटरिचका अन्तर्राष्ट्रिय निर्देशक डिएन घिसिङले यस्ता कार्यक्रमले नवप्रवर्तन र दिगो विकासका क्षेत्रमा योगदान पुग्ने बताए । त्यस्तै, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया प्रदेश संयोजक मनिरत्न सापकोटाले अस्ट्रेलिया-नेपाल सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै बहुसांस्कृतिक अस्ट्रेलियामा नेपाली सांस्कृतिक गतिविधिको विशेष महत्त्व रहने बताए ।

नेपाल खेलकुद विश्वविद्यालयका अभियन्ता एवं बोर्ड सदस्य ओमकृष्ण प्रसाईंले नेपाल-अस्ट्रेलिया सम्बन्ध खेलकुदमार्फत थप सुदृढ हुन सक्ने उल्लेख गरे। साथै, उनले खेलकुद शिक्षाको स्तरवृद्धिका लागि ज्ञान आदानप्रदान गर्नुपर्ने सुझाव दिए । अमेरिकाबाट आएका प्रतिनिधि काशी अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा शान्ति र सद्भाव निर्माणको आवश्यकता औंल्याए ।

त्यसैगरी, प्रदीप बास्तोलाले नवप्रवर्तन नै दिगो विकासको आधारशिला हुने विचारसहित अवधारणा पत्र प्रस्तुत गरे । ग्रामीण-शहरी योजना सम्बन्धी छलफलमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि कँडेलले मन्तव्य राखे भने डोर पाटन नगरपालिकाका वडा अध्यक्ष खिम घर्ती मगरले वृत्तचित्र प्रस्तुत गरे । Emphasis on innovation and sustainable development at the Melbourne conference of 'Himalayan Outreach International'

बंगलादेशका सञ्चारकर्मी एवं उद्यमी शार्मिन मिषुले अन्तरदेशीय व्यापारका सम्भावना र चुनौतीबारे अवधारणा पत्र प्रस्तुत गरिन् । सामाजिक अभियन्ता निरु त्रीपाठीले नेपाल-अस्ट्रेलिया कूटनीतिक सम्बन्धबारे प्रकाश पारिन् ।

कार्यक्रममा भिक्टोरिया प्रदेशकी सांसद क्याथलिन म्याथ्यु वाडले नेपाली संस्कृतिको खुलेर प्रशंसा गरिन् । उनले नेपाली समुदायमा आफ्नो विशेष जोड रहेको उल्लेख गरिन् । नेपालबाट पूर्वमन्त्री तथा संघीय सांसद प्रकाश ज्वालाले मेलबर्न शिखर सम्मेलनलाई ऐतिहासिक अवसरको रूपमा लिएको बताए। उनले नवप्रवर्तन र दिगो विकासमा यस कार्यक्रमको विशेष महत्त्व रहेको बताए ।

कार्यक्रमको सभापति उर्मिला तामाङले आगामी दिनमा अमेरिका र नेपालमा पनि यस्तै सम्मेलन आयोजना गरिने जानकारी गराइन् । कार्यक्रममा नेपालबाट राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, वान्डिम सिटी काउन्सिलका पूर्व मेयर एवं काउन्सिलर जेनी बारेरा, काउन्सिलर जस्मिन हिल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खडका, लायन्स क्लब अफ वेरीबीका अध्यक्ष रेमन्ड लो लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।  

कान्तिपुर

Link copied successfully