काठमाडौँ — अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा गुराँस कप आयोजना हुने भएको छ । लस एन्जलस गुराँस फाउन्डेसनका अनुसार यही जनवरी १८ र १९ मा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो ।
फाउन्डेसनका अनुसार खुला र ३५ वर्षभन्दा बढी उमेर समूह गरी २ वटा विधामा प्रतियोगिता आयोजना हुने छ । प्रतियोगितामा जम्मा ९ टिमको सहभागिता हुने पनि फाउन्डेसनले जनाएको छ । खुलातर्फ प्रथम हुनेले ७ हजार डलर र दोस्रो हुनेले २ हजार डलर पाउने छ ।
त्यस्तै ३५ वर्षभन्दा बढी उमेर समूहको प्रतियोगितामा प्रथम हुने टिमले ५ हजार डलर र दोस्रो हुनेले १ हजार डलर पाउनेछन् । लछुमन शाहीको यसै वर्ष निधन भएको थियो । उनी यसै फाउन्डेसनका सदस्य थिए ।
प्रतियोगिताका संयोजकद्वय अमित गुरुङ र प्रज्वल शाक्यका अनुसार अमेरिकाका डल्लास, सानफ्रान्सिस्को, सियाटललगायतका सहरका टिमहरू सहभागी हुँदैछन्।
