काठमाडौँ — गिरिजा प्रसाद (जीपी) कोइराला फाउन्डेशन अमेरिका च्याप्टरमा पुनः सोमनाथ घिमिरे अध्यक्ष भएका छन् । फाउन्डेशनकी संस्थापक केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले अमेरिका च्याप्टरको विधान बमोजिम घिमिरेलाई अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि पुन: नियुक्त गरेकी हुन् ।
अमेरिकाको न्यूयोर्कमा कार्यालय रहेको फाउन्डेशन सामाजिक सेवाका काममा सक्रिय छ । नेपालका पूर्वप्रधानमन्त्री एवं नेपाल कांग्रेस पार्टीका सभापति रहेका स्वः गिरिजा प्रसाद कोइरालाको निधनपछि सन् २०११ मा यो फाउन्डेशनको स्थापना गरिएको हो ।
फाउन्डेशनले शान्ति, लोकतन्त्र र विकासको प्रवर्द्धनका लागि पहल गर्ने, अनुसन्धान र अध्ययन गर्ने र शैक्षिक, राजनीतिक र सार्वजनिक बहस संचालन गर्ने गर्छ ।
