कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चीन-दक्षिण एशिया मेला खुनमिङमा सुरु, नेपालका १ सय २० स्टल   

बेइजिङ — चीनको युननान प्रान्तको राजधानी सहर खुनमिङमा मंगलबारदेखि ६ दिने आठौं चीन-दक्षिण एशिया मेला सुरु भएको छ । यस पटकको मेलामा ८२ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन सहभागी भएका छन् भने उद्योग-व्यवसायहरूको संख्या २ हजारभन्दा बढी छ ।   

चीन-दक्षिण एशिया मेला खुनमिङमा सुरु, नेपालका १ सय २० स्टल   

मेलामा नेपालका तर्फबाट १ सय २० भन्दा बढी स्टल राखिएका छन् । कोभिड महामारीका बेला अफलाइन तरिकाबाट भएको यस एक्स्पोमा प्रायः नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व हुने गरेको छ। अघिल्लो एक्स्पोमा नेपालका उपराष्ट्रपतिले भाग लिएका थिए ।

यस पटकको एक्स्पोमा राष्ट्रिय सभाकी उपाध्यक्ष बिमला घिमिरेसहित नेपाल सरकारका तीन जना सचिवले भाग लिएका छन् । परराष्ट्र, शिक्षा र संचार सचिवसमेत सहभागी उद्घाटन समारोहमा बेइजिङबाट राजदूत विष्णुपुकार श्रेष्ठले भाग लिएका थिए ।

आइतबार चिनियाँ जनराजनीतिक परामर्श दातृ सम्मेलनको युन्नान प्रान्तीय समितिका अध्यक्ष लिउ सियाओकाईले आठौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा पाँचौँ चीन–दक्षिण एशिया सहयोग मञ्चमा भाग लिन आएको नेपाली प्रतिनिधिमण्डलको खुनमिङमा स्वागत गरे।


त्यस क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको नेतृत्वमा सी चिनफिङलाई केन्द्रमा राखेर युननानले क्षेत्रीय विकासका लागि नयाँ अवसर प्रदान गर्दै उच्चस्तरीय खुलापनलाई सक्रिय रूपमा बढावा दिएको बताए। उनले भने, ‘हामी सबै तहमा पारस्परिक भ्रमणहरू जारी राख्न, मैत्रीपूर्ण आदानप्रदानका लागि थप प्लेटफर्महरू निर्माण गर्न, विभिन्न क्षेत्रमा सहयोगलाई गहिरो र विस्तार गर्न र जीत-जीतको सहयोग प्राप्त गर्न प्रयास गर्ने आशा गर्दछौं ।'

प्रत्युत्तरमा उपाध्यक्ष घिमिरेले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको उच्च प्रशंसा गर्दै नेपाल र युननानले आदानप्रदान र सहयोगलाई मजबुत बनाउने, पारस्परिक लाभ र द्विपक्षीय व्यापारको थप विकासलाई बढावा दिने आशा व्यक्त गरिन् । एक्स्पोमा नेपालका तर्फबाट हस्तकलाका सामग्रीका साथै बुद्धमूर्ति, सिंगिङ बाउल, पश्मिनाका सामग्री, थांका लगायतका सामग्रीले स्थान पाएको नेपाल-चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले जानकारी दिए।

दक्षिण एसियाली सबैजसो मुलुक समेटिने यस एक्स्पोमा यसपटक पाकिस्तान थिम कन्ट्री बनेको छ । चीन सरकारले वर्षभरिमा आयोजना गर्ने ५ प्रमुख मेलामध्ये अब दक्षिण एसिया लक्षित यस मेलालाई पनि लिइएको छ।


प्रकाशित : श्रावण ८, २०८१ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×