नेपाली भाषा संस्कृति संवर्द्धन गर्न २७ देशका नेपालीभाषीको सम्मेलन बैंककमा, एएनओ गठन

चैत्र ५, २०८०

कान्तिपुर संवाददाता

A conference of Nepali speakers from 27 countries was formed in Bangkok, ANO, to promote Nepali language culture

बैंकक — नेपाली भाषा र संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले  विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका नेपालीभाषीहरुले एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेका छन् ।थाइल्याण्डको राजधानी बैंककमा सोमबार भएको नेपालीभाषीहरुको सम्मेलनले एएनओ गठन गरेको हो । 

विश्वभरका कम्तिमा २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताहरुको प्रतिनिधित्व रहेको यस भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिइएको थियो ।

सम्मेलनबाट हाल अमेरिकामा बसोबास गर्दै आएका भुटानमा जन्मेका नेपालीभाषी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन भएको छ ।अधिकारी इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष पनि हुन् ।

एएनओको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले हरेक नेपालीले नेपाली भाषा संस्कृतिलाई जगेर्ना गर्न सक्नुपर्ने बताए । एएओको सफलताको शुभकामना दिँदै उनले भने,'नेपालीभाषीहरू जुन देशको नागरिक हुन् त्यही इज्जतसाथ बस्न पाउने माहौल बनाउनुपर्छ तर नेपाली,भाषा सााहित्य र संस्कृतिलााई जोड्नुपर्छ। यो जोड्ने अभियान सुरू भएको छ ।'

A conference of Nepali speakers from 27 countries was formed in Bangkok, ANO, to promote Nepali language culture

एएनओका नवनिर्वाचित अध्यक्ष अधिकारीले विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्दै आएका सम्पूर्ण नेपालीजातिको चाहना भावनात्मक रुपमा आफ्नो मातृ तथा पितृ भूमिप्रति समर्पित भई नेपालका लागि योगदान गर्न आपसी भाइचारा, सद्भाव एवं सहयोग कायम गर्न तथा नेपाली जातीय, सांस्कृतिक पहिचानलाई समेत जीवन्त राख्न एएनओको गठन गरिएको जानकारी दिए ।

'नेपाल एवं नेपालबाहिर विश्वको जुनसुकै कुनामा बसोवास गरिरहेका नेपाली जातिलाई एकआपसमा ल्याई मुलभूतरुपमा आफ्नो मातृभूमि, पितृभूमि नेपालसँग जोड्नु नै एएनओको मुख्य उद्देश्य हो' अध्यक्ष अधिकारीले भने । नेपालीभाषीहरुको साझा संस्था भएकाले गैरराजनीतिक र गैरपक्षधर अभियान पनि भएको उनले बताए ।  'यो अभियानले नेपाली जातिलाई नेपालसँग जोड्नका लागि पहल गर्नेछ,' उनले भने ।

A conference of Nepali speakers from 27 countries was formed in Bangkok, ANO, to promote Nepali language culture

संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लागानीकर्ताहरुलाई नेपालमा लगानीको वातावरण बनाउन, लगानी प्रोत्सान गर्न र लगानीको उचित प्रतिफल आफ्नै पितृभूमिको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाई सामाजिक काम गर्न अभिप्रेरित गर्नेछ । 

महाधिवेशन समारोहमा सायदी अरेबियाको नेपाली नियोग उपप्रमुख डमरूबल्लभ पौडेलले  नेपालमा लगानी संभावना रहेकाले त्यो अवसर सदुपयोग गर्न नेपालीभाषीहरूलाई आग्रह गरे । उनले नेपालले आउदो महिना लगानी सम्मेलन गर्न लागेको ले त्यलाई सदुपयोग गर्न पनि आग्रह गरे । उनले नेपालमा धेरै लगानीका क्षेत्र रहेकाले त्यसलाई ध्यानदिन आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपालको कानुनले नेपाली बाहिर  रहेका नेपालीलाई समान खालकै व्यवहार गरेको बताए । उनले  विश्वका नेपाली जोड्ने राजनीतिभन्दा फरक अभियानले नेपाललाई नै सहयोग पुग्ने बताए ।

संस्थाका नवनिर्वाचित महासचिव चुडामणि भट्टराईले सार्वभौम मुलुकका हिसाबले नेपालको सिमाना कहाँ थियो त्यो इतिहासले बताउने तर नेपालीको गौरवलाई फिँजाउने र भाषा संस्कृति जगेर्ना गर्ने काम गर्ने बताए ।

सोमबार चएको महाधिवेशनबाट चयन भएको संस्थाको केन्द्रीय कार्यकारिणी समितिमा  डिल्ली अधिकारी अध्यक्ष,  उपाध्यक्षमा वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्त, महासचिवमा चुडामणि भट्टराई, सचिवमा चिरनजंग थापा, सहसचिवमा अर्जुनकुमार पौडेल, कोषाध्यक्षमा उदयनारायण मिश्र, सहकोषाध्यक्षमा गोपी कार्की र सदस्यहरुमा डा.दामोदर पौडेल, बावुकृष्ण कार्की, राज कर्माचार्य र तिलक निरौला छन् । संस्थाले ५४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । 

कान्तिपुर

Link copied successfully