कुर्दिस्थानको नदीमा माछा मार्दा डुबेर एक नेपालीको मृत्यु

जेष्ठ २८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — इराकको स्वशासित राज्य कुर्दिस्थानस्थित कवात जिल्लाको ‘ग्रेट रिभर’ मा एक नेपाली कामदारको डुबेर शनिबार ज्यान गएको छ ।

कुर्दिस्थान टिभीका अनुसार माछा मार्ने क्रममा ग्रेट रिभरमा खस्दा ३३ वर्षीय निश्चल नेत्रबहादुर राईको डुबेर मृत्यु भएको हो ।

कवात सिभिल डिफेन्सका कर्णेल अमन्ज मोहम्मदले यसको पुष्टि गरेको कुर्दिस्थान टिभीले जनाएको छ । सिभिल डिफेन्सको टोलीले राईको शव पानीबाट निकालेको मोहम्मदले बताए । 

कान्तिपुर

Link copied successfully