३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कुर्दिस्थानको नदीमा माछा मार्दा डुबेर एक नेपालीको मृत्यु

काठमाडौँ — इराकको स्वशासित राज्य कुर्दिस्थानस्थित कवात जिल्लाको ‘ग्रेट रिभर’ मा एक नेपाली कामदारको डुबेर शनिबार ज्यान गएको छ ।

कुर्दिस्थान टिभीका अनुसार माछा मार्ने क्रममा ग्रेट रिभरमा खस्दा ३३ वर्षीय निश्चल नेत्रबहादुर राईको डुबेर मृत्यु भएको हो ।

कवात सिभिल डिफेन्सका कर्णेल अमन्ज मोहम्मदले यसको पुष्टि गरेको कुर्दिस्थान टिभीले जनाएको छ । सिभिल डिफेन्सको टोलीले राईको शव पानीबाट निकालेको मोहम्मदले बताए ।

प्रकाशित : जेष्ठ २८, २०८० ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×