कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

नेपाली श्रमिकका मुद्दाबारे छलफल

नयाँ दिल्ली — अखिल भारत नेपाली एकता मञ्चले हिमाचल प्रदेशमा कार्यरत नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका मुद्दाहरूमा छलफल चलाएको छ ।प्रदेशभरि छरिएर रहेका नेपाली मजदुरका मुद्दालाई नगर, सहर र प्रदेश स्तरका अधिकारीहरूसँग निरन्तर संवाद गरेर समाधान गराउने अभियान चलाउने नीति लिएको मञ्चका केन्द्रीय उप-महासचिव आरबी खड्काले बताए । 

नेपाली श्रमिकका मुद्दाबारे छलफल

आइतबार शिमलामा भएको मञ्चको प्रदेशस्तरीय भेलाले नेपाली श्रमिकले उठाउने जोखिमलाई हेर्दै दुर्घटना, स्वास्थ्य र जीवन बिमा गर्नुपर्ने आफूहरूको माग रहेको मञ्चका हिमाचल प्रदेश अध्यक्ष जोखिराम केसीले बताए ।

हिमाचलमा रोजगारीका लागि नेपालबाट लाखौं श्रमिकहरू आउने गर्छन् । शिमलामात्रै होइन‚ यहाँका हरेक पर्यटकीय क्षेत्रको विकास तथा निर्माणमा नेपालीहरूको श्रमको योगदान रहेको केसी भन्छन् ।

नेपाली श्रमिकको श्रमशोषण, अनाहकमा जागिरबाट निकाल्दिने, दुर्घटनामा पर्दा कुनै राहत नपाउनेजस्ता समस्याहरू देखिएको छ । यस्तै जीवन बिताएका नेपालीका छोरा छोरीले हिमाचलको 'बोनाफाइड सर्टिफिकेट' को अभावले उच्च शिक्षा पढ्न पनि समस्या देखिएको मञ्चको हिमाचल प्रदेश ईन्चार्ज तीर्थ भण्डारी बताउँछन् । नेपालीले 'बोनाफाइड सर्टिफिकेट' पाउनुपर्ने विषयमा आफूहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएको उनले बताए ।

प्रकाशित : वैशाख ४, २०८० ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×