नयाँदिल्लीमा प्रवासीका लागि स्वास्थ्य शिविर- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँदिल्लीमा प्रवासीका लागि स्वास्थ्य शिविर

कान्तिपुर संवाददाता

नयाँदिल्ली — दिल्लीमा रहेका प्रवासी नेपालीका लागि शनिबार नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ । प्रभु बैंकको दिल्ली कार्यालय र केयर फर क्योर संस्थाले संयुक्तरूपमा शिविर आयोजना गरेको हो ।

शिविरमा सामान्य स्वास्थ्य परीक्षणबाहेक महिलाहरूको पाठेघर क्यान्सरको स्क्रिनिङ पनि गरिएको छ । बालाजी एक्सन क्यान्सर अस्पतालको जनरल फिजिसियन र क्यान्सर रोग विशेषज्ञहरूले स्वास्थ्य जाँच गरेका छन् ।

केयर फर क्योर संस्थाका संचालक एलपी पाण्डेले प्रवासी नेपालीले लाभ उठाउन भनेर संस्थाबाट बेला-बेला स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्ने गरेको बताए । यसअघि कोभिड विरूद्धको खोप लगाउने शिविरको आयोजना पनि दुवै संस्थाले गरेका थिए ।

प्रकाशित : जेष्ठ २८, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्

बाँसको मुंग्रो प्रहार गरी मामाको हत्या

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दीमा एक युवक आफ्नै मामाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

लालबन्दी नगरपालिका–११, हीरापुरमा शनिबार मध्याह्न भान्जाले आफ्नै मामाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तरकारी बारीमा काम गर्ने क्रममा भएको विवादपछि ३१ वर्षीय रवी विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकलाई बाँसको मुंग्रो प्रहार गर्दा अशोकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मामा-भान्जाको विवादमा भान्जा रवीले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

टाउकोमा गम्भीर चोट लागेका अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनापछि प्रहरीले रवीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ १५:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×