कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेलायतले नेपाली नर्स लैजान श्रम सम्झौता गर्ने

काठमाडौँ — बेलायतले नेपालसँग श्रम सम्झौता गरेपछि मात्रै कामदारको रुपमा नर्सहरू लैजाने सहमति जनाएको छ ।

बेलायतले नेपाली नर्स लैजान श्रम सम्झौता गर्ने

नेपाल र बेलायतका अधिकारीहरूबीच शुक्रबार काठमाडौंमा भएको बैठकमा श्रम समझदारी भएपछि नर्सको भर्ना प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । श्रम समझादारी गर्नका लागि दुवै पक्षले प्रक्रिया अगाडि बढाएको छ ।

बैठकमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह प्रवक्ता थानेश्वर भुसालका अनुसार नर्समा जानको लागि कुनै खर्च लाग्दैन । ‘यो बैठकले बेलायतमा कति जना नर्स लैजाने भन्ने टुंग्याएको छैन । श्रम समझदारी गर्ने सहमति भने भयो’, उनले भने,‘बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्दैन । छनोट भएका नर्सले भाषा परिक्षाको तयारी गर्दा लागेको शुल्कसमेत बेलायतले नै ब्यहोर्नेछ ।’

नेपालबाट छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा भने उत्तीर्ण गर्नुपर्ने भुसालले बताए ।

प्रकाशित : पुस ३०, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?