ईपीएस नियम केही सहज हुने- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएस नियम केही सहज हुने

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियाली सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी नियम केही सहज बनाउने भएको छ ।

यहाँको श्रम मन्त्रलयले बिहीबार नियम संशोधनका लागि संसद्‌मा पठाएको छ । नियम पारित भए पछि कोरियामा रहेका पाँच लाख भन्दा बढी ईपीएस भिसामा काम गरिरहेका विदेशी लाभान्वित हुने छन् ।

कोरियामा हालसम्म कम्पनीको कारण बाहेक कामदारले कम्पनी परिवर्तन गरेमा ४ वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि कोरिया आउन चाहे भाषा परीक्षा दिन पर्ने नियम छ । नयाँ नियम अनुसार कार्यस्थल परिवर्तन गरेको कामदारले पहिले गरेकै जस्तो काम गरेमा भाषा परिक्षा नदिइ नै कमिटेड कामदारको रुपमा कोरिया फर्कन पाउने छन् तर नयाँ कम्पनीमा १ वर्ष भन्दा बढी काम गरेको हुनु पर्नेछ ।

त्यसैगरी कमिटेड कामदारले ३ महिना पछि मात्रै कोरिया आउन पाउने हालको व्यवस्था परिवर्तन गरेर १ महिनामा पछि नै पहिलेको कम्पनीमा आउन पाउने छन् । कामदारले कम्पनीमा यौन दुर्व्यवहारमा परि कार्यस्थल परिवर्तन गरेको भए नयाँ कम्पनीमा १ वर्ष काम नगरे पनि सम्बन्धित निकायको सिफारिसमा पुन: कमिटेड कामदारको रुपमा आउन पाउने भएका छन् ।

यस अघिको ईपीएसको नियम राम्रो नभएको भन्दै कोरियाली मजदुर युनियन (केसीटीयू) र विदेशी कामदारहरुको लागि काम गर्ने प्रवासी मजदुर संगठन (एमटीयू)ले विरोध गर्दै आएका छन् । दुवै संस्थाले सरकारको कदम सकारात्मक भए पनि अझै धेरै सुधार हुन पर्ने प्रतिक्रिया दिएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्

फाल्गुनन्दमा  पहिरोले पाँच परिवार विस्थापित

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बूङमा पहिरोबाट ५ परिवार विस्थापित भएका छन् ।

लगातारको वर्षाका कारण आएको पहिरोले इम्बूङ कोल्बूङका लाल बहादुर, मैतबहादुर जहरमान, शङ्खरमान र धिरेन्द्र तामाङको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

विस्थापितहरु छिमेकीको घरमा बसेका छन् । उनीहरुलाई अर्कै ठाउँमा घर बनाएर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको वडा नम्बर २ का वडाध्यक्ष बहादुर सिंह नेम्वाङले बताए । गाउँपालिकासँग अनुरोध गरेर उनीहरुको व्यवस्थापनमा सहयोग गरिने नेम्वाङले जानकारी दिए ।

पहिरोले फाल्गुनन्द-१ नवमी डाँडाका विद्यालयमा समेत पहिरोले क्षति पुर्‍याएको शिक्षक दिपक दुलालले बताए । सिद्धदेवी माविको घेराबाराको पर्खाल पहिरोले भत्काएको छ भने नवमी डाँडाकै बालविकास आधारभूत विद्यालय भोगटेनीको शौचालयमा समेत पहिरोले क्षति पुर्‍याएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×