कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग

काठमाडौँ — संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ ।

एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग

एनआरएनएले शनिबार एक विज्ञप्ति जारी गर्दै आइएलओ र एनआरएनएबीच मंगलबार सहमति पत्रमा हस्ताक्षर गरेको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरी कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरबका नेपालीको सहयोगार्थ आइएलओले उक्त आर्थिक सहयोग गर्ने भएको हो ।

सहयोग रकम कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाइएको छ ।संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि उक्त रकम खर्चिने छ ।

संघले ती देशमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको जनाएको छ । संघका अनुसार ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण जागिर छोड्न बाध्य भएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी गरिएको छ ।

प्रकाशित : असार २१, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?