कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियामा थप तीन नेपाली संक्रमित

गैरकानुनी हैसियतमा रहेका कामदारलाई कोभिड परीक्षण नगरी जथाभावी धरपकड गर्दा संक्रमण बढेको अधिकारीहरूले बताएका छन् ।
होम कार्की

काठमाडौँ — मलेसियामा गैरकानुनी हैसियतका कामदार राख्न बनाइएका डिपोर्टेसन सेन्टर (घरफिर्ती केन्द्र) मा रहेका ३ नेपालीसहित २२७ जनालाई कोरोना संक्रमण देखिएको छ । 

मलेसियामा थप तीन नेपाली संक्रमित

मलेसिया अध्यागमन विभागका अनुसार सेमेन्ही, वुकित जलिल र सेपाङस्थित कारागार र डिपोर्टेसन सेन्टरमा राखिएकाहरू संक्रमित भएका हुन् । जसमा ३ नेपाली, ५३ बङ्गलादेशी, ४१ भारतीय, ३८ इन्डोनेसियाली र बाँकी अन्य देशका छन् ।

यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ६६ पुगेको छ । यीमध्ये १३ जना निको भइसकेका छन् । मलेसियाले महामारीको समयमा मे १ देखि गैरकानुनी हैसियत भएका कामदारलाई धरपकड गर्न थालेको हो । अधिकारवादीहरूले कोभिड परीक्षण नगरी जथाभावी धरपकड गर्दा संक्रमण बढेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले समेत महामारीका बीच आप्रवासी कामदारप्रति भेदभाव तथा घृणा फैलाउने काम गरेको भन्दै मलेसियालाई सजग गराइसकेको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकारसम्बन्धी विशेष समाधीक्षक (स्पेसल र्‍यापोर्टर) फिलिप गोन्जालेज मोरालेसले धरपकडले महामारी नियन्त्रणका लागि भइरहेको प्रयासलाई ओझेलमा पारेको बताएका छन् । ‘धरपकडले आप्रवासी कामदारलाई तर्साउने काम भएको छ । आप्रवासी कामदार कोभिडको कुनै लक्षण देखिए पनि परीक्षण गराउन आउने स्थिति छैन’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मलेसियामा गैरकानुनी हैसियतमा झन्डै २५ हजार नेपाली छन् । त्यहाँको सरकारले आवागमन नियन्त्रण (एमओसी) समाप्त भएको १४ दिनभित्र स्वदेश फिर्न सार्वजनिक सूचना जारी गरेको छ । एमओसीको अवधि आगामी जुन ५ सम्म छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?