कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेलायतका नेपाली विद्यार्थीलाई राहत

नविन पोखरेल

लन्डन — कोभिड–१९ का कारण समस्यामा परेका बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ । बेलायती विश्वविद्यालयका ‘नेपलिज सोसाइटी’ आबद्ध विद्यार्थीहरूको संगठन मर्जिङ नेपसक्सले आर्थिक सहयोग तथा खाद्यान्न वितरण सुरु गरेको हो ।

बेलायतका नेपाली विद्यार्थीलाई राहत

नेपसक्सका अध्यक्ष पवन कँडेलले ८३ जनालाई जनही ८० पाउन्ड र १९ जनालाई खाद्य सामग्री प्रदान गरिएको जानकारी दिए । उनका अनुसार ३ सय २ विद्यार्थीलाई सहयोगको आवश्यकता देखिएकाले दोस्रो चरणमा पनि राहत बाँड्ने संस्थाको योजना छ । शारीरिक तथा मानसिक स्वास्थ्य समस्या भोगेका ७ विद्यार्थीलाई चिकित्सकको परामर्श उपलब्ध गराउन पनि संस्थाले तयारी गरेको छ ।

संस्थाले नेपाली समुदायबाट करिब १२ हजार पाउन्ड संकलन गरिसकेको छ । बेलायतमा नेपाली विद्यार्थी अलपत्र परेको खबर सार्वजनिक भएपछि लन्डनस्थित नेपाली दूतावासले उनीहरूसँग सम्पर्क र सहयोगका लागि समन्वय गर्न युवा तथा विद्यार्थी सहयोग समिति गठन गरेको थिको । उक्त समितिमा नेपसक्सका अध्यक्ष कँडेल संयोजक छन् ।

नेपसक्सले दूतावासको निर्देशनबमोजिम समस्यामा परेका विद्यार्थीको विवरण अद्यावद्यिक, आर्थिक संकलन र प्राथमिकता निर्धारण गरिरहेको छ ।

उता, एनआरएनए यूकेले पनि अप्ठेरोमा परेका विद्यार्थी तथा भूतपूर्व गोर्खा परिवारलाई राहत तथा सहयोग वितरण सुरु गरेको छ ।

पहिलो चरणमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३० विद्यार्थीलाई राहत तथा करिब ४ सय भूपू गोर्खा एवम् वृद्धवृद्धालाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

अहिलेसम्म सम्पर्कमा आएका १ सय ६० विद्यार्थीमध्ये आवश्यकताका आधारमा थप विद्यार्थीलाई राहत बाँड्दै जाने योजना रहेको संस्थाका महासचिव फडिन्द्र भट्टराईले जनाए ।

त्यसै गरी, बेलायतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने तीन नेपालीका परिवारलाई पनि कुल १८ सय पाउन्ड आर्थिक सहयोग गरिएको छ ।

प्रकाशित : वैशाख १५, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?