कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाली विद्यार्थीका लागि २ लाख डलरको सहायता कोष

वैशाख १, २०७७
नेपाली विद्यार्थीका लागि २ लाख डलरको सहायता कोष

अस्ट्रेलिया — विद्यार्थी तथा अध्यागमनको क्षेत्रमा काम गरिरहेको एक्सपर्ट फाउन्डेसनले अस्ट्रेलियामा रहेका र कोरोना भाइरसका कारण समस्यामा रहेका नेपाली विद्यार्थीका लागि २ लाख डलर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । 

फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व अन्तगरत कोरोना भाइरसका कारण अत्यन्तै समस्यामा रहेका नेपाली विद्यार्थीलाई प्राथमिकताका आधारमा सहयोग गरिने जनाएको छ ।

विज्ञप्तिमा १ लाख ५० हजार एक्सपर्ट मार्फत् उच्चशिक्षाका लागि पछिल्लो ६ महिनामा अस्ट्रेलिया अध्ययन गर्न आएका विद्यार्थीलाई प्रत्यक्ष सहयोग पुर्‍याइने र थप ५० हजार डलर विद्यार्थीको सहायताका लागि काम गरिरहेका अन्य संस्थाहरु मार्फत् समस्यामा परेका विद्यार्थीलाई सहयोग पुर्‍याइने उल्लेख छ । संस्थाका निर्देशक रुपक बर्तौलाले गतवर्ष अक्टोबर १ तारिखपछि अस्ट्रेलिया आएका, रोजगारी नै नपाएका र रोजगारी पाएपनि कोरोना भाइरसका कारण रोजगारी गुमाएकालाई प्राथमिकताका साथ सहयोग पुर्‍याइने फाउन्डेसनले जनाएकाे छ ।

अस्ट्रेलियामा अध्ययनरत करिब ५४ हजार नेपालीमध्ये हजारौं कोरोनाका कारण रोजगारी गुमेपछि समस्यामा छन् । उनीहरुलाई सहयोग पुर्‍याउनका लागि एनआरएनए लगायतका अन्य संस्थाले खाना लगायतका अत्यावश्यक सहयोग पुर्‍याइरहेको भएपनि उक्त सहयोग अपर्याप्त भएको गुनासो विद्यार्थीले गरिरहेका छन् ।

फाउन्‍डेसनले सुरु गरेको सहयोगको अन्य नेपाली व्यवसायले समेत गर्ने दूतावास, एनआरएन लगायतले विश्वास जनाएका छन् । ‘विद्यार्थीलाई नै आफ्नो व्यवसाय बनाइरहेका दर्जनौं नेपालीले यसरी प्रत्यक्ष सहयोग गर्ने हो भने यहाँ समस्यामा रहेका नेपाली विद्यार्थीको धेरै समस्या हल हुनसक्छ,’ एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नविन पन्तले भने ।

प्रकाशित : वैशाख १, २०७७ १४:२३
x
×