२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

एनआरएनएको २४ घण्टे हेल्पलाइन

काठमाडौँ — विदेशमा रहेका नेपालीहरुको निरन्तर जानकारी लिन गैर आवासीय नेपाली संघ (एनआरएनए) ले  २४ सै घण्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सुरु गरेको छ ।

एनआरएनएको २४ घण्टे हेल्पलाइन

कोरोना भाइरस संक्रमणबाट नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोबिड–१९ उच्चस्तरीय समिति संयोजक कुमार पन्तले जानकारी दिए । गैर आवासीय नेपाली संघको काठमाडौंस्थित सचिवालयबाट उक्त सेवा आइतबारदेखि सुरु गरिएको हो ।


कोरोना महामारीले विश्वमा भइरहेको लकडाउनका कारणले विदेशमा अलपत्र परेका, बिरामी र अन्य समस्या झेलेका नेपालीले हेल्पलाइनमार्फत केन्द्रीय कार्यालयमा जानकारी दिन सक्ने एनआरएनए केन्द्रीय महासचिव हेमराज शर्माले कान्तिपुरलाई बताए ।


गैर आवासीय नेपालीहरुको अवस्था तत्कालै बुझी समस्यामा परेकालाई तत्कालै राहत र उद्दारका उपाय अपनाउन सकियोस् भनी हेल्पलाइन सुरु गरिएको एनआरएनएले जनाएको छ ।


यसअघि एनआरएनएले विश्वभर छरिएका नेपाली समुदायले स्वास्थ्यसम्बन्धी समस्या सुनुवाइ गर्न डा. सञ्जीव सापकोटाका संयोजकत्वमा २४ सैं घण्टा स्वास्थ्य हेल्पलाइन सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित : चैत्र ३०, २०७६ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?