कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

कुवेतमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४ पुग्यो

चैत्र २७, २०७६
कुवेतमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४ पुग्यो

काठमाडौँ — कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या चार  पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले बिहीबार एक नेपालीसहित ५५ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो । कुवेतमा संक्रमित संख्या ९१० पुगेको छ । जसमा १११ जनालाई निको भएको छ । २२ जनाको अवस्था चिन्ताजनक छ ।


कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बच्‍नका लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।

प्रकाशित : चैत्र २७, २०७६ १७:२७
x
×