कुवेतमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४ पुग्यो

चैत्र २७, २०७६

होम कार्की

काठमाडौँ — कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या चार  पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले बिहीबार एक नेपालीसहित ५५ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो ।  कुवेतमा संक्रमित संख्या ९१० पुगेको छ । जसमा १११ जनालाई निको भएको छ । २२ जनाको अवस्था चिन्ताजनक छ ।   


कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बच्‍नका लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully