कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

साउदीमा कोरोना संक्रमित तीन नेपाली निको भए

चैत्र २६, २०७६
साउदीमा कोरोना संक्रमित तीन नेपाली निको भए

काठमाडौँ — साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित भएका ३ नेपालीलाई निको भएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार सफल स्वास्थ्य उपचार पछि बुधबार क्याम्पमा फर्केका छन् । एकजनाको अवस्था भने सुधारोन्मुख छ ।


दूतावासका अनुसार साउदीमा बुधबार थप १३७ जनालाई पोजेटिभ देखिएको छ । साउदीमा संक्रमितको संख्या २९ सय ३२ पुगेको छ । हालसम्म ६३१ जनालाई निको भएको छ ।


साउदीले कोरोना नियन्त्रणको प्रयासमा सबैको सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमितको संख्या घट्ने उल्लेख गर्दै कोरोनाको नियन्त्रणमा सबै पक्ष जिम्मेवार रहन अनुरोध गरेको छ ।

प्रकाशित : चैत्र २६, २०७६ २१:१०
x
×