२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सेसेल्समा अड्कियो नेपाली शव

काठमाडौँ — पूर्वी अफ्रिकी टापु सेसेल्सस्थित एक सुरक्षा कम्पनीमा कार्यरत एक नेपालीको हृदयाघातका कारण दुई साताअघि निधन भए पनि सम्बद्ध नेपाली कूटनीतिक नियोगले ‘नो अब्जेक्सन लेटर’ नपठाइदिँदा शव सेसेल्समै अड्किएको छ । 

सुनसरी, चतराका ज्ञानेन्द्र श्रेष्ठको हृदयाघातका कारण गत चैत ९ मा निधन भएको थियो । सेसेल्सको कुटनीतिक मामला दक्षिण अफ्रिकास्थित दुतावासले हेर्दै आएको छ । दक्षिण अफ्रिकामा एक बर्षदेखि राजदूत पद रिक्त रहीआएको छ ।


रोजगारीका क्रममा ५ बर्षअघि सेसेल्स पुगेका श्रेष्ठ स्थानीय सनसाइन प्रोपर्टिजमा सुरक्षाकर्मी रुपमा कार्यरत थिए । नियमित कामबाट फर्किएर ट्वाइलेट गएका उनी ट्वाइलेटभित्रै बेहोस भएको अवस्थामा भेटिएका थिए ।

तत्काल अस्पताल पुर्याउदा उनको हृदयाघातबाट निधन भैसकेको जानकारी दिइएको थियो । कोरोना सन्त्रासका कारण बिहिबारबाट सेसेल्समा लकडाउन सुरु भएकाले मृतकको शव घर फिर्ता पठाउनमा अझै कठीनाइ आइपरेको अफ्रिकी मुलका गैर आवासीय नेपालीका अभियन्ता हिक्मत थापाले जानकारी दिए ।

प्रकाशित : चैत्र २६, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?