कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण

होम कार्की

काठमाडौँ — कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या तीन पुगेको छ ।

कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक नेपालीसहित ११२ जना नयाँ संक्रमितबारे जानकारी दिइएको थियो । कुवेतमा संक्रमितको संख्यामा ८५५ पुगेको छ । जसमा ११ जनालाई निको भएको छ ।


कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बञ्‍चको लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।


प्रकाशित : चैत्र २६, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?