कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यार्थीलाई सहयोग गर्न दूतावासद्वारा अस्ट्रेलियाली सरकारलाई पत्राचार

नारायण खड्का

अस्ट्रेलिया — कोरोना भाइरसको संक्रमण र यसबाट सिर्जित समस्याबाट पीडित बनेका नेपाली विद्यार्थीलाई सहयोग पुर्‍याइदिन आग्रह गर्दै यहाँस्थित नेपाली दूतावासले अस्ट्रेलियाको विदेश विभागलाई पत्राचार गरेको छ । 

विद्यार्थीलाई सहयोग गर्न दूतावासद्वारा अस्ट्रेलियाली सरकारलाई पत्राचार

अस्ट्रेलिया सरकारले भाइरसको संक्रमण रोक्नका लागि विभिन्न क्षेत्रमा गरेको लकडाउनले विद्यार्थीहरु समस्यामा परेको भन्दै क्यानबेरास्थित नेपाली दूतावासले ‘डिपार्टमेन्ट अफ फरेन अफेयर्स’ मा औपचारिक पत्राचार गरेको हो ।


दूतावासले पठाएको पत्रमा नेपाली विद्यार्थीले लकडाउनका कारण जागिर गुमाउनु परेको, उनीहरुको बसोबास, घरको भाडा तिर्न नसक्ने अवस्था सृजना भएको र केहीको भिसा समेत सकिन लागेको अवस्थालाई मध्यनजर गरेर विशेष सहयोग गरिदिन आग्रह गरिएको छ । साथै नेपाली विद्यार्थीहरु तेस्रो ठूलो संख्यामा रहेका कारण समेत उनीहरुलाई आवश्यकता अनुसार सरकारी तवरबाट सहयोग गरिदिनुपर्ने दूतावासले माग गरेको छ ।

अस्ट्रेलियामा अहिले करिब ५५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । जसमा करिब दुई सय जना अहिले सेल्फ आइसोलेसनमा बस्न बाध्य छन् । अस्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार विदेश विभागलाई नेपाली विद्यार्थी कठिन परिस्थितमा रहेको र यस अवस्थामा सहयोगको खाँचो रहेको जनाउदै पत्राचार गरिएको भएपनि अहिलेसम्म कुनै जवाफ भने नआइसकेको जनाएको छ ।


प्रकाशित : चैत्र १२, २०७६ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?