कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिएनसीसीमा नयाँ नेतृत्व

लन्डन — ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) को अध्यक्षमा डा. कपिल रिजाल सर्वसम्मत चुनिएका छन् । मंगलबार साँझ लन्डनमा भएको संस्थाको वार्षिक साधारणसभाले डा. रिजाललाई अध्यक्ष चुनेको हो । डा. रिजाल बेलायतका प्रोपर्टी र दन्त व्यवसायी एवं म्यूजिक भिडियो निर्देशक, निर्माता पनि हुन् ।  

बिएनसीसीमा नयाँ नेतृत्व

उपाध्यक्षद्वयमा बिराज भट्ट र अलान मर्सेल सान्का, कोषाध्यक्षमा इन्द्र गिरी, अनरेरी चिफ एक्जुकेटिभमा रिचार्ड पेलीलाई चयन गरेको छ ।


त्यसैगरी, कमिटी सदस्यहरुमा दीपक श्रेष्ठ, नाडिया विलियम्स्, सन्तोष मण्डल, अन्जानी फुयाल, बीपी खनाल, बसन्त नेपाल र कमल पौडेल छानिएका छन् । आदम गिलक्रिस्ट अनरेरी प्रेसिडेन्टमै रहेका छन् भने एन्थोनी विलर र राजन कंडेललाई अनरेरी उपाध्यक्षमा राखिएको छ । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी बिएनसीसीको संरक्षक छन् ।


नवनिर्वाचित अध्यक्ष रिजालले बेलायतबाट नेपालमा लगानी भित्र्याउन, दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : आश्विन २, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?