२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

एनआरएन अस्ट्रेलियाले पहिलोपटक गर्‍यो स्पोर्टस अवार्ड

नारायण खड्का

अस्ट्रेलिया — नेपालको खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएका युवा खेलाडीहरुलाई सम्मान गर्ने उद्देश्यले एनआरएन अस्ट्रेलियाले पहिलोपटक एनआरएन स्पोर्टस अवार्ड सम्पन्न गरेको छ । यस कार्यक्रममा सहभागिता जनाउनका लागि फुटबलरहरु नवयुग श्रेष्ठ, अनील गुरुङ, भलिबल खेलाडी भरत शाह अस्ट्रेलिया आइपुगेका थिए ।

एनआरएन अस्ट्रेलियाले पहिलोपटक गर्‍यो स्पोर्टस अवार्ड



अस्ट्रेलियाको एनआरएनले विशेषत: नेपालमा रहेको समयमा विभिन्न खेलकुद मार्फत नेपालको खेल क्षेत्रलाई योगदान पुर्‍याएका र अहिले अस्ट्रेलियामा रहेर पनि खेलकुदमा सक्रिय युवाहरुलाई सम्मान गरेको हो ।

यसैगरी केही महिनाअघि एनआरएनले आयोजना गरेको खेलकुद प्रतियोगितामा विजयीहरुलाई समेत कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । खेलकुद क्षेत्रमा लागिपरेका युवाहरुलाई केही मात्रामा प्रोत्साहन दिने र उनीहरुलाई यसै क्षेत्रमा लागी पर्न हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक एनआरएन अस्ट्रेलियाले कार्यक्रमको आयोजना गरेको अध्यक्ष सुरेन्द्र सिग्देलले जानकारी दिए ।

कार्यक्रममा क्रिकेटतर्फ यसवन्त सुवेदी, अमृत भट्टराई र प्रेम चौधरी, जुडोका मोहन बम, उसुका बिनीता महर्जन र राजु महर्जन, बडी बिल्डिङका सन्तोषकुमार श्रेष्ठ, सन्जीव चौधरी, प्रकृती श्रेष्ठलाई सम्मान गरिएको थियो ।

फुटबलतर्फ भने नेपालबाट आएका फुटबलरहरु गुरुङ र श्रेष्ठका साथै एन्फाका महासचिव प्रधान र राजु मानन्धर, अनील ओझा, जगजीत श्रेष्ठलाई सम्मान गरिएको एनआरएन अस्ट्रेलियाका खेलकुद संयोजक नन्द गुरुङले जानकारी दिए । यसैगरि कार्यक्रममा भलिबलर भरत शाहलाईसमेत सम्मान गरिएको थियो ।

यसैगरी नेपाली खेलकुद क्षेत्रलाई विभिन्न माध्यमबाट सहयोग पुरयाउने विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । एनआरएनलाई सामाजिक कार्यका साथै खेलकुद क्षेत्रलाई समेत सक्रिय रुपमा अघि बढाउने उद्देश्य राखेर खेलकुद सम्बन्धि कार्यहरुलाई समेत प्राथमिकता राखेर काम गर्न शुरु गरेको बताइएको छ ।

प्रकाशित : चैत्र २१, २०७३ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?