कृषि विभागको प्रदेशस्तरीय रोपाइँ विवरणअनुसार हालसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा भएको छ ।
काठमाडौं — देशभर हालसम्म ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागको प्रदेशस्तरीय रोपाइँ विवरणअनुसार हालसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा भएको छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफलको ९७.९३ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा ८८, कर्णाली प्रदेशमा ८८, गण्डकी प्रदेशमा ८० प्रतिशत र बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसैगरी कोशी प्रदेशमा ८६ र मधेश प्रदेशमा ७७ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागको तथ्यांकअनुसार ११ साउनसम्म देशभर धान रोपाइँ हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफल मध्ये ११ लाख ७४ हजार ३ सय ९२ दशमलव ४८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । बाँकी २ लाख ५५ हजार हेक्टर क्षेत्रमा भने रोपाइँ हुन बाँकी छ ।
