आज नेप्से परिसूचक ०.२८ प्रतिशतले बढेर २७३४.६३ मा पुग्दा १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको घटेको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ७.९० अंकले बढेको छ । शून्य दशमलव २८ प्रतिशतले वृद्धि भएको नेप्से २ हजार ७ सय ३४ दशमलव ६३ विन्दुमा उक्लिएको छ ।
फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको मूल्य घट्यो भने अन्य उपसमूहको बढ्यो ।
कारोबारमा आएका मध्ये १५२ कम्पनीको मूल्य बढ्यो, १०९ कम्पनीको मूल्य घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ७० हजार १५८ पटकको सेयर किनबेचमा ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती किनबेचमा १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर किनबेच भयो ।
एभरेष्ट कलर लिमिटेडको १४.९९, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १४.४६, सगरमाथा जलविद्युत् कम्पनीको ६.८२, खानीखोला हाइड्रोपावरको ५.९३, झापा इनर्जी लिमिटेडको ५.५० प्रतिशतले सेयर मूल्य बढ्यो ।
सानिमा बैंक लिमिमटेड डिबेञ्चरको ८.९२, कर्पोरेट विकास बैंकको ७.३८, ग्लोबल आइएमइ बैंक लिमिटेडको ६.१६, सनराइज ब्लुचीप फन्डको ५.६०, गरिमा समृद्धि योजनाको ४.८५ प्रतिशतले सेयर मूल्य घट्यो ।
