करिब २१ खर्ब रुपैयाँको वस्तु आयात गर्दा सवा ३ खर्बको मात्र निर्यात

कुल व्यापारमा आयातको हिस्सा ८६.९३ र निर्यातको हिस्सा १३.०७ प्रतिशत छ ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

While importing goods worth nearly 2.1 trillion rupees, only about 310 billion rupees worth were exported.

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८२/०८३ मा २० खर्ब ९७ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको छ । उक्त अवधिमा ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको निर्यात गरेको छ । 

भन्सार विभागका अनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले वृद्धि भएको छ ।  अर्थात २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको विभागको तथ्यांक छ ।

 कुल व्यापारमा आयातको हिस्सा ८६.९३ र निर्यातको हिस्सा १३.०७ प्रतिशत  छ । आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । 

सबैभन्दा बढी आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोनलगायत छन् । विभागका अनुसार १ खर्ब ७२ करोड ४२ लाख रुपैयाँको डिजेल,  ९८ अर्ब ८३ लाख रुपैयाँको कच्चा भटमासको तेल, ७७ अर्ब २६ करोड ५० लाख रुपैयाँको पेट्रोल, ६० अर्ब २८ करोड ६ लाख रुपैयाँको एलपी ग्यास, ५८ अर्ब ५२ करोड रुपैयाँको फलाम तथा फलामजन्य सामग्री,  ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँको स्मार्टफोन आयात गरिएको छ । 

प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल सबैभन्दा बढी निर्यात भएको छ ।प्रशोधित भटमासको तेल १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको, अलैंची १२ अर्ब ६४ करोड ७८ लाख, गलैंचा १० अर्ब ३८ करोड रुपैयाँको, सनफ्लावर तेल ८ अर्ब ९४ करोड ३३ लाख, जुटका सामग्री ७ अर्ब १४ करोड , पाम तेल ६ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको छ । 

कान्तिपुर

Link copied successfully