सुनचाँदीको मूल्य सामान्य वृद्धि

बुधबारको तुलनामा सुन तोलामा ३ सयले बढेको हो ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Normal Increase in Gold and Silver Prices

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी रु २५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ५०५ निर्धारण भएको छ । 

हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र चाँदीको चार हजार ४८० निर्धारण भएको थियो ।

कान्तिपुर

Link copied successfully