हरेक दिन एक नेपाली लखपति, महिनामा दुई जनालाई १०-१० लाख !

भ्याट र प्यानमा आबद्ध तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक यो योजनामा सरिक हुन पाउनेछन् ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

One Nepali millionaire every day, 1 million each to two people a month!

काठमाडौँ — सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना ल्याएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक यो योजनामा सरिक हुन पाउनेछन् ।

यसका लागि एक सय रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्छ । उक्त बिल नम्बर नै तपाईंलाई लखपति बनाउन सक्ने नम्बर हो । हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिनेछ ।

बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यन्वयनबारे विस्तृत जान्न तलको कार्यविधि पढ्नुहोस् । 

कान्तिपुर

Link copied successfully