बुधबारको तुलनामा सुन तोलामा ४ सयले बढेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा ४ सयले बढेको छ भने चाँदी रु ९० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार २ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३२५ निर्धारण भएको छ । हिजो एक तोला सुन २ लाख ८४ हजार ८०० र चाँदी ४ हजार ४१५ मा खरिदबिक्री भएको थियो ।
