साउन १५ सम्म उठेको ब्याज बैंकहरूले असारकै नाफामा गणना गर्न पाउने

नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई ठूलो राहत भएको छ । किनकि उनीहरूले अब साउन १५ सम्म उठेको ब्याज पनि असारकै वित्तीय विवरणमा गणना गर्न पाउनेछन् ।

असार ३२, २०८३

कान्तिपुर संवाददाता

Banks will be able to count interest earned up to 15th of Shrawan in their profits for Asar.

काठमाडौँ — आउँदो साउन १५ सम्म उठेको ब्याज पनि बैंक तथा वित्तीय संस्थाले असार (चालु आर्थिक वर्ष)कै वित्तीय विवरणमा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले जारी गरेको परिपत्रमा यस्तो सुविधा दिइएको हो ।

नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई ठूलो राहत भएको छ । किनकि उनीहरूले अब साउन १५ सम्म उठेको ब्याज पनि असारकै वित्तीय विवरणमा गणना गर्न पाउनेछन् ।

राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै असार मसान्तसम्म पाकेको ब्याज उठाउन साउन १५ गतेसम्मको समय (ग्रेस पिरियड) सुविधा दिएको हो ।

कान्तिपुर

Link copied successfully