वित्तीय अवस्था राम्रो भएका कम्पनीको सेयर धितोमा ८० प्रतिशतसम्म ऋण पाइने

मौद्रिक नीतिको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बुधबार निर्देशन दिएको छ ।

असार ३१, २०८३

यज्ञ बञ्जाडे

Up to 80 percent loan can be obtained against shares of companies with good financial condition.

काठमाडौँ — वित्तीय अवस्था राम्रो भएका कम्पनीको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिदा निर्धारित मूल्यको ८० प्रतिशतसम्म ऋण पाइने भएको छ । मौद्रिक नीतिको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बुधबार निर्देशन दिएको छ ।

‘सबलता मूल्यांकनको आधारमा उच्च मूल्यांकन हुने संस्थाको शेयरको कर्जा मूल्य अनुपातमा उल्लिखित अनुपातमा बढीमा १० प्रतिशत विन्दुसम्म थप गर्न सकिने गरी विधि निर्धारण गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

कम्पनीको सबलता हर्न चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ्ग, नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भए/नभएकोलगायत सूचक तोकिएको छ । यस्तो सूचना बैंकले आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।

‘एकपटक कर्जा प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको शेयरको पुनरमूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न पाइने छैन,’ निर्देशनमा भनिएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully