कर्जा प्रवाह गर्दा तथा जेन-जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने छ ।
काठमाडौँ — यात्रुवाहक ठुला विद्युतीय सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले सवारीको मूल्यको ८० प्रतिशतसम्म ऋण दिन पाउने भएका छन् । मौद्रिक नीतिमा उल्लेख उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बुधबार निर्देशन दिएको छ । जसअनुसार कर्जा प्रवाह गर्दा तथा जेन-जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने छ । हाल मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण पाइने व्यवस्था छ ।
‘सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुवाहक ठुला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेन-जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ ।
