आईबीएमलाई एकै दिनमा ७० अर्ब डलरभन्दा बढीको झट्का, कारण के हो ?

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरविन्द कृष्णाले लगानीकर्तालाई लेखेको पत्रमा भनेका छन्, 'हामीबाट भूल भयो । आफूलाई रूपान्तरण गर्न र तीव्र गतिमा अघि बढ्न हामी असफल भयौं ।'

असार ३१, २०८३

कान्तिपुर संवाददाता

IBM suffered a blow of over $70 billion in a single day, what is the reason?

काठमाडौँ — अमेरिकी प्रविधि कम्पनी आईबीएमले शेयर मूल्यमा आएको ठूलो गिरावटपछि एकै दिनमा करिब ७० अर्ब अमेरिकी डलर बराबरको घाटा बेहोरे को छ ।

ब्लूमबर्गका अनुसार, पछिल्लो ५८ वर्षयताकै सबैभन्दा ठूलो एकैदिनको गिरावटका रूपमा मंगलबार कम्पनीको शेयर मूल्य करिब २५ प्रतिशतले घटेको हो ।

दोस्रो त्रैमासिकको प्रारम्भिक वित्तीय नतिजा बजारको अपेक्षाभन्दा कमजोर आएपछि लगानीकर्ताले शेयर बिक्री गरेसँगै यस्तो गिरावट आएको हो ।

सन् १९११ मा स्थापित आईबीएमले जुनमा समाप्त तीन महिनाको अवधिमा आफ्नो राजस्व केवल १ प्रतिशतले बढेर १७.२ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरविन्द कृष्णाले लगानीकर्तालाई लेखेको पत्रमा भनेका छन्, 'हामीबाट भूल भयो । आफूलाई रूपान्तरण गर्न र तीव्र गतिमा अघि बढ्न हामी असफल भयौं ।'

आईबीएमको इन्फ्रास्ट्रक्चर व्यवसायको राजस्व ७ प्रतिशतले घटेको छ, जसमा कम्पनीको प्रमुख मेनफ्रेम व्यवसाय पनि समावेश छ । त्यस्तै, सफ्टवेयर व्यवसायबाट हुने राजस्व ५ प्रतिशतले बढे पनि यो वृद्धि विश्लेषकहरूको अपेक्षाभन्दा कम रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully