नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको २ लाख ८४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
काठमाडौँ — सोमबार र मंगलबार घटेको सुनको भाउ बुधबार भने बढेको छ । बुधबार मंगलबारको तुलनामा तोलामा ८ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको २ लाख ८४ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार भने सुनको भाउ तोलाको २ लाख ८४ हजार रहेको थियो । सोमबार भने अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै चाँदीको भाउ पनि बुधबार ५५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ४ सय १५ तोकिएको छ ।
