सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन १११६ मिटर लामो सुरुङमार्गको ६८ प्रतिशत काम भएको हो ।
पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग अन्तर्गत मुख्य टनेलभित्रको सडक निर्माण कार्य सम्पन्न भएको छ । मुख्य टनेलको १ हजार १ सय २६ मिटर सडक निर्माणको सबै काम सकिएसँगै असार अन्तिम सातासम्म सुरुङमार्गको भौतिक प्रगति ६९ दशमलव २५ प्रतिशत सकिएको छ । वित्तीय प्रगति भने ६३ दशमलव ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ ।
सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल असोजसम्म संचालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको आयोजना कार्यालयका प्रमुख नवराज बास्तोलाले जानकारी दिए । सुरुङको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहेको छ । सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भएअनुसार काम अघि बढेको प्रमुख बास्तोलाले बताए ।
सुरुङभित्रबाट यातायात संचालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षण सम्बन्धी काम गरिनेछ । पैदलयात्रीका लागि ‘रकसेड’ भित्र सुरक्षित बाटो निर्माण गरिनेछ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम सकिएको छ ।
सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढाइएको आयोजना प्रमुख बास्तोलाले बताए । सुरुङमार्गको सेकेण्डरी लाइनिङ र इन्भर्टको काम सम्पन्न गरी अहिले लाइटिङ, भेन्टिलेसन, पंखा लगायत उपकरण जडान गर्ने काम अघि बढेको उनले बताए । डिजाइन, सिभिलवर्क, टनेल अप्रेसन र आयोजना सक्नेगरी काम भइरहेको उनले बताए ।
निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सुरुङ संचालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी वहन गर्नेछ । त्यसपछिको थप ५ वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’का रूपमा रहने व्यवस्था गरिएको छ । यो सुरुङमार्गको ठेक्का ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन–ईपीसी) मोडलमा लगाइएको हो । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुने आयोजना प्रमुख वास्तोलाले बताए ।
निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोडमा ठेक्का लिएको छ । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आगामी असोजसम्म संचालनमा ल्याउने लक्ष्य राखिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन १११६ मिटर लामो सुरुङमार्गको ६८ प्रतिशत काम भएको हो ।
यसको चौडाइ चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर छ । सुरुङमार्गभित्र पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेकाले असोजभित्रै सम्पन्न गरी गाडी गुडाउन बाँकी कामलाई तीव्रता दिइएको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढाइएको छ । सुरुङमार्गको सेकेण्डरी लाइनिङ र इन्भर्टको काम सम्पन्न गरी अहिले लाइट, भेन्टिलेसन, पंखालगायत उपकरण जडान सुरु गरिएको छ ।
आयोजनाका प्रमुख नवराज बास्तोलाले आगामी असोजसम्म सुरुङमा यातायात संचालन गर्ने लक्ष्य अनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए । ‘सिद्धबाबा सुरुङमार्ग असोजसम्म संचालनमा ल्याउने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । मुख्य सुरुङमार्गको सिभिल काम सम्पन्न भई विद्युतीकरणको काम भइरहेको छ । बाँकी काम चाँडै सक्नेगरी धमाधम काम भइरहेको छ,’ उनले भने ।
उनका अनुसार निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सुरुङ संचालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी वहन गर्नेछ । त्यसपछिको थप ५ वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’का रूपमा रहने व्यवस्था गरिएको छ ।
सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात संचालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भीर संरक्षण सम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ । पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिनेछ ।
यो सुरुङमार्गको ठेक्का ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)’ मोडलमा लगाइएको हो । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुनेछ ।
२०७८ फागुन २५ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण ५ वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ संचालन एवम् मर्मत सम्भार गर्नेछ । आयोजनाको म्याद २०८३ फागुन ९ सम्म रहेको छ । यो सुरुङमार्गको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।
२०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आहृवान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरुङ खन्न थालेको थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । सुरुङमार्ग बनेपछि गुल्मी, पाल्पा, अर्घाखााची, स्याङ्जा, बागलुङलगायत जिल्लामा आवतजावत गर्न सहज हुनेछ । आयोजनाको प्याकेजअन्तर्गत चिडियाखोला–सिद्धबाबा मन्दिर र सुरुङको उत्तरी मोहोडादेखि दोभानसम्मको सडकमा समेत आधुनिक प्रविधिबाट जोखिम न्यूनीकरणको काम भइरहेको छ । सडक पूर्वाधारको इतिहासमा सिद्धबाबा क्षेत्रमा ‘रकसेड’ निर्माण हुँदा पहिलो हो । ‘रकसेड’ सवारी र सडकलाई पहिरोबाट सुरक्षित गर्ने प्रविधि हो ।
पहिरो जाने स्थानमा सडकमाथि आरसिसी ढलान वा स्टिलको भिरालो आकारको बलियो छाना बनाइन्छ । यसरी निर्माण गरिएको ‘रकसेड’ मा खसेका पहिरो छाना हुँदै खोला वा भीरमा पुग्नेछ । यसले गर्दा सवारी साधन, चालक, यात्रु तथा सडकलाई कुनै असर गर्दैन । छानामूनिबाट निर्वाध रूपमा सवारीसाधन आवागमन हुनेछ । सुरुङमार्गको दुवै पोर्टलमा धेरै पहिरो जाने भएकाले सुरुमा पोर्टलसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको हो । सिद्धबाबा क्षेत्रमा ७८० मिटर लामो ‘रकसेड’ निर्माणको डिजाइन अघि बढेको हो ।
योजना कार्यालयका अनुसार बलियो तारजालीले ५ हजार किलोसम्मका ढुंगालाई थाम्न सक्षम हुने अपेक्षा गरिएको छ । आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्राको सुविधा हुनेछ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । सुरुङमार्ग बनेपछि गुल्मी, पाल्पा, अर्घाखााची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ लगायत जिल्लामा आवतजावत गर्न सहज हुनेछ ।
