आज पनि घट्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

Gold prices fell today too

काठमाडौँ — सुनको भाउ मंगलबार पनि घटेको छ । सोमबार नेपाली बजारमा प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार पनि १ हजार २ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको भाउ पनि मंगलबार १५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ३ सय ७५ तोकिएको थियो ।

कान्तिपुर

Link copied successfully