घट्यो सुनचाँदीको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

असार २९, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । आइतबारको तुलनामा सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको भाउ पनि सोमबार सय रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ३ सय ७५ तोकिएको छ । आइतबार भने चाँदीको मूल्य ४ हजार ४७५ तोकिएको थियो ।

कान्तिपुर

Link copied successfully