अर्थमन्त्रीको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

स्याङ्जा स्थायी घर भएका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन् । उनको यो नियुक्ति अवैतनिक हो ।

असार २९, २०८३

कान्तिपुर संवाददाता

FCA Bhojan Aryal appointed as revenue advisor to Finance Minister

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री वाग्लेले नियुक्तिपत्र प्रदान गरे ।नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमान्दारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।

उक्त अवसरमा नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता जनाए ।

स्याङ्जा स्थायी घर भएका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन्। उनको यो नियुक्ति अवैतनिक हो ।

कान्तिपुर

Link copied successfully