गत शुक्रबारको तुलनामा सुन तोलामा ६ सयले बढेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६ सयले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला २ लाख ८८ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४७५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुुन प्रतितोला २ लाख ८७ हजार ४ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ५१० मा कारोबार भएको थियो ।
