आजको सेयर बजारमा परिसूचकमा गिरावट आउँदा कुल ५३ हजार ४३२ पटकको कारोबारबाट ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १.१३ अंकले घटेको छ । ०.०४ प्रतिशतको गिरावटपछि समग्र नेप्से परिसूचक २६७८ विन्दुमा ओर्लिएको छ ।
कारोबारमा आएकामध्ये १२० कम्पनीको मूल्य बढ्यो, १३५ कम्पनीको मूल्य घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ५३ हजार ४३२ पटकको सेयर खरिदबिक्रीमा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । ती किनबेचमा १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर किनबेच भए ।
आत्मनिर्भर लघुवित्तको १०.६६, कुमारी इक्वीटी फन्ड ९.०९, कलंगा हाइड्रो लिमिटेडको ६.९२, सनिगाड हाइड्रोको ६.१५, टक्सार पिखुवा खोला हाइड्रोपावरको ६.०१ प्रतिशतले मूल्य बढ्यो ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७.८४, एनआईबीएल स्टेबल फन्डको ७.६३, सिटिजन्स बैंक डिबेञ्चर २०८६ को ७, स्नो रिभर्स लिमिटेडको ६.७१, न्यादी हाइड्रोपावर लिमिटेडको ६.६८ प्रतिशतले मूल्य घट्यो ।
