स्थानीय बजारमा आज सुनचाँदीकै भाउ बढेको छ ।
काठमाडौँ — आज सुनचाँदीकै भाउ बढेको छ । स्थानीय बजारमा सुन प्रतितोला २ लाख ८७ हजार ४ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ५१० कायम भएको छ ।
बिहीबारको तुलनामा सुन तोलामा २ हजार ७ सय र चाँदी १७० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार छापावाल सुुन प्रतितोला २ लाख ८४ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ३४० मा कारोबार भएको थियो ।
