नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ३ सय ४० कायम भएको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा सुन तोलामा २ हजार ४ सय र चाँदी १ सय ६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ३ सय ४० कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ५ सयमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।