आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने क्रममा गभर्नर पौडेलले नीतिगत दरहरु यथावत् रहेको बताए ।
काठमाडौँ — आगामी आर्थिक वर्ष ११ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको छ । सरकारले तय गरेको ७ प्रतिशतको लक्ष्य प्राप्तिका लागि आगामी वर्ष ११ प्रतिशतले कर्जा विस्तार गर्ने राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बताए ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने क्रममा गभर्नर पौडेलले नीतिगत दरहरु यथावत रहेको बताएका हुन् ।
