मंगलबार कारोबारमा आएकामध्ये २१० कम्पनीको सेयर मूल्य बढ्यो भने ५७ कम्पनीको घट्यो । तर, सो दिन १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
काठमाडौँ —
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २४.५७ अंकले बढेको छ । सोमबारको तुलनामा ०.९३ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ५१.६८ अंकमा उक्लेर बन्द भएको हो ।
मंगलबार कारोबारमा आएकामध्ये २१० कम्पनीको सेयर मूल्य बढ्यो भने ५७ कम्पनीको घट्यो । तर, सो दिन १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
सो दिन कुल ७२ हजार २२ पटकको कारोबारमा ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । सोमबार सेयर बजारमा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेमा उच्च अंकको उकालो लागेको हो ।