बजारमा तरलता तत्काल घट्ने नदेखिएपछि राष्ट्र बैंकले फेरि ऋणपत्रमार्फत एक वर्षका लागि पैसा झिक्न लागेको हो । यसअघि सातामा २ दिन निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा झिक्दै आएको छ ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकले मंगलबार ऋणपत्रमार्फत बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४-ङ मार्फत उक्त रकम बजारबाट झिक्न लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाले मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न मागेको थियो । यससँगै राष्ट्र बैंकले यसअघि गत पुसमा ऋणपत्रमार्फत एक वर्षका लागि करिब २ खर्ब रुपैयाँ झिकिसकेको छ । यस पटक पनि करिब २ खर्ब रुपैयाँ बजारबाट झिक्ने राष्ट्र बैंकको तयारी छ ।
बजारमा तरलता तत्काल घट्ने नदेखिएपछि राष्ट्र बैंकले फेरि ऋणपत्रमार्फत एक वर्षका लागि पैसा झिक्न लागेको हो । यसअघि सातामा २ दिन निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा झिक्दै आएको छ ।
राष्ट्र बैंकले जारी गर्ने ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गरिनेछ । एक वर्षपछि ऋणपत्रको सावाा भुक्तानी हुनेछ । ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले (काउन्टरपार्टी) मात्रै खरिद गर्न पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाा र बढीमा ५ करोड रुपैयााले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
