शुक्रबारको तुलनामा सुन तोलामा ४ सय र चाँदी रु १० ले घटेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४ सय र चाँदी रु १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला २ लाख ९० हजार ३ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ६०५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुुन प्रतितोला २ लाख ९० हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ६१५ मा कारोबार भएको थियो ।
