आजको कारोबारमा नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दु पुगेको छ, १०७ कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य घटेको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८.७८ अंकले बढेको छ । शून्य दशमलव ३३ प्रतिशतले वृद्धि भएको नेप्से २ हजार ६ सय ६१ दशमलव ७१ विन्दुमा उक्लिएको छ ।
कारोबारमा आएकामध्ये १०७ कम्पनीको मूल्य बढ्यो, १५३ कम्पनीको मूल्य घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।
बैंकिङ, फाइनान्स, जीवन बिमा, लघुवित्त, सामूहिक लगानी कोषको सेयर मूल्य बढ्यो । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बिमा, अन्य र व्यापार उपमसमूहको सेयर मूल्य घट्यो ।
कुल ४३ हजार १३१ पटकको सेयर कारोबारमा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा ८९ लाख ६४ हजार २२३ कित्ता सेयर किनबेच भए ।
