थामिएन नेप्सेमा गिरावट, साढे २४ अंकले घट्यो

अघिल्ला ६ दिन लगातार घटेको नेप्सेमा मंगलबार पनि सोही प्रवृति दोहोरिएको हो ।

असार १६, २०८३

कान्तिपुर संवाददाता

NEPSE's decline continues, down 24.5 points

काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २४.६३ अंकले घटेको छ । अघिल्ला ६ दिन लगातार घटेको नेप्सेमा मंगलबार पनि सोही प्रवृति दोहोरिएको हो ।

अघिल्लो दिनको तुलनामा मंगलबार ०.९३ प्रतिशतले घट्दा समग्र नेप्से २ हजार ६ सय ०८.३३ अंकमा ओर्लेर बन्द भएको हो । सोमबार नेप्से १६.५४ अंकले घटेको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्यो भने २३५ कम्पनीको घट्यो । तर, सो दिन ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सो दिन कुल ७९ हजार २ सय ८६ पटकको कारोबारमा ८७ लाख ३७ हजार ३९२  कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । गत सोमबार सेयर बजारमा २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

कान्तिपुर

Link copied successfully