सुनचाँदीको मूल्यमा गिरावट

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९०० र चाँदी ४ हजार २ सय ८५ निर्धारण भएको छ ।

असार १६, २०८३

कान्तिपुर संवाददाता

Fall in gold and silver prices

काठमाडौँ — स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले गिरावट आएको छ भने चाँदी २५ रुपैयाँले गिरावट आएको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९०० र चाँदी ४ हजार २ सय ८५ निर्धारण भएको छ । सोमबार एक तोला सुनको मूल्य २ लाख ८२ हजार ४ सयमा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य ४ हजार ३ सय १० मा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार एक तोला सुन २ लाख ८३ हजार ८ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ३ सय २५ मा खरिद बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९ सय ८१ चाँदी ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

कान्तिपुर

Link copied successfully